Logo

मंगलवार, कार्तिक ११ गते २०८३

यी नदीको बहाब बढेको छ, केहि स्थानमा आकस्मिक बाढीको जोखिम छ, सतर्क रहनुहोला

यी नदीको बहाब बढेको छ, केहि स्थानमा आकस्मिक बाढीको जोखिम छ, सतर्क रहनुहोला

  • समाचार
  • भाद्र २५, २०८३ बिहिवार १०:१० बजे
  • 298
    SHARES
  • यी नदीको बहाब बढेको छ, केहि स्थानमा आकस्मिक बाढीको जोखिम छ, सतर्क रहनुहोला

    १. प्रमुख नदीहरूको अवस्था:

    आज (बिहीबार) बिहानको मापनअनुसार देशका प्रमुख नदीहरू- कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलसतह हाल सतर्कता तहभन्दा तल रहेको छ। यद्यपि, वर्षासँगै यी नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

    २. आकस्मिक बाढीको मध्यम जोखिम रहेका जिल्लाहरू:

    आज निम्न जिल्ला र आसपास भई बहने स-साना नदी तथा खोलाहरूमा पानीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिम रहेकोले तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन सूचित गरिन्छ:

    कोसी प्रदेश: ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, सोलुखुम्बु

    बागमती प्रदेश: रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ

    गण्डकी प्रदेश: गोरखा, मुस्ताङ

    लुम्बिनी/कर्णाली प्रदेश: रुकुम पूर्व, रुकुम पश्चिम, मुगु

    सुदूरपश्चिम प्रदेश: बाजुरा, बझाङ, दार्चुला, बैतडी

    तसर्थ, माथि उल्लेखित जिल्लाका नदी तथा खोला किनारमा बसोबास गर्ने आम नागरिक तथा सरोकारवाला निकायहरूलाई वर्षाको समयमा सुरक्षित स्थानमा रहन र आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन हार्दिक अनुरोध गरिन्छ।

     

    श्रोत:नेपाल सरकार 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend