Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाल ईयूको कालोसूचीमा यथावत्

नेपाल ईयूको कालोसूचीमा यथावत्

  • समाचार
  • जेठ २०, २०८१ आइतवार २१:३४ बजे
  • 784
    SHARES
  • काठमाडौँ । युरोपेली युनियन (ईयू) ले नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा यथावत् राखेको छ । सरकारले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन निरन्तर पहल गर्दै आएपनि त्यसमा सफलता हासिल हुन नसकेको हो ।

    ३० मे २०२४ मा युनियनले अपडेट गरेको नयाँ सूचीमा नेपाल कालोसूचीमै रहेको हो ।

    ईयूको उडान सुरक्षा चासोको सूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका दर्ता भएर सञ्चालनमा सबै वायुसेवा कम्पनीहरू रहेका छन् ।

    ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राख्दै आएको छ ।

     

    श्रोत रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend