Logo

बुधवार, कार्तिक १२ गते २०८३

सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको सम्मेलन हेटौंडामा सम्पन्न

सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको सम्मेलन हेटौंडामा सम्पन्न

  • समाचार
  • आषाढ १५, २०८१ शुक्रवार २०:२४ बजे
  • 1.9K
    SHARES
  • काठमाडौँ । हेटौंडामा आयोजित सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको सम्मेलन १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

    IMG-20240628-WA0047.jpg

    मुख्य न्यायाधिवक्ताको सम्मेलनले प्रदेशको राजधानी बाहिर मुकाम रहेका उच्च अदालतलाई यथाशीघ्र प्रदेशको राजधानीमा मुकाम कायम गर्नु पर्ने जोड दिएको छ।

    संविधानको धारा १५६ मा भएको प्रदेश न्याय सेवा आयोग सम्बन्धी कानुन तत्काल निर्माण गर्न पनि सम्मेलनले माग गरेको छ ।

    IMG-20240628-WA0045.jpg

    उक्त सम्मेलनले विशेष प्रकृतिका राष्ट्रिय महत्त्वका विषय समेटिएका रिटहरू बाहेक अन्य रिटको क्षेत्राधिकार उच्च अदालतलाई प्रदान गर्न, उच्च अदालतलाई समेत अभिलेख अदालत बनाउन र उच्च अदालतले गरेका निर्णय (फैसला)हरूको अभिलेख राख्न तथा त्यस्ता फैसलाहरू प्रादेशिक क्षेत्रभित्र नजिरसरह बाध्यकारी बनाउन समेत माग गरेको पाइन्छ।

    IMG-20240628-WA0046.jpg

    सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको सम्मेलनले सङ्क्रमणकालीन न्याय यथाशीघ्र सम्पन्न गर्न संघीय संसदमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक अविलम्ब पारित गर्न पनि माग गरेको छ ।

    IMG-20240628-WA0043.jpg

    IMG-20240628-WA0048.jpg


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend