Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्री ओलीले साउन ६ गते संसद‍्बाट देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले साउन ६ गते संसद‍्बाट देशवासीलाई सम्बोधन गर्ने

  • समाचार
  • आषाढ ३२, २०८१ सोमवार २०:४२ बजे
  • 688
    SHARES
  • काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले स‌ंसद‍्बाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

    उनले आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले संसदमा साउन ६ गते सम्बोधन गर्न लागेको पुष्टि गरे ।

    ‘साउन ६ गते प्रधानमन्त्रीज्यूले संसदबाट देशवासीलाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ’, उनले रातोपाटीसँग भने, ‘फेरिएको राजनीतिक परिस्थिति र मुलुकको यथार्थबारे संसदबाट जानकारी दिने तयारी छ ।’

    श्रोत: रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend