Logo

बुधवार, कार्तिक १२ गते २०८३

मन्त्री चौधरीको अध्यक्षतामा युवा दिवस मूल समारोह समिति

मन्त्री चौधरीको अध्यक्षतामा युवा दिवस मूल समारोह समिति

  • समाचार
  • श्रावण १७, २०८१ बिहिवार २२:४९ बजे
  • 652
    SHARES
  • काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन गरिएको छ ।

    आज युवा तथा खेलकुद मन्त्रालयमा बसेको बैठकले दिवस मनाउनका लागि उनको अध्यक्षतामा तीन सय ७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस आगामी साउन २८ गते मनाइँदैछ ।

    उनका अनुसार समितिको सदस्यमा मन्त्रालय सम्वद्ध निकायका कार्यकारी प्रमुख, संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका प्रतिनिधि, प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सबै प्रदेश युवा परिषद्का उपाध्यक्ष, युवाअन्तर्गत सङ्घसंस्थाका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटलगायत छन् । परिषद्का कार्यकारी उपाध्यक्षले बस्नेतले युवा दिवस साताव्यापी रुपमा मनाइने बताए ।

    उनका अनुसार साताभरि युवा नेतृत्व विकास तथा युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, गोष्ठी, रक्तदान, वृक्षारोपण कार्यक्रम गरिने छ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

    नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।

     

    श्रोत:रातोपाटी, रासस


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend