Logo

बुधवार, कार्तिक १२ गते २०८३

भदौ १५ को चापमा सहकारी छानबिन समिति, रातिसम्म बैठक

भदौ १५ को चापमा सहकारी छानबिन समिति, रातिसम्म बैठक

  • समाचार
  • भाद्र ६, २०८१ बिहिवार २२:५९ बजे
  • 613
    SHARES
  • काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बिहीबार सहकारी ठगी प्रकरणमा मुछिएका पाँच जनासँग सोधपुछ गरेको छ ।

    समितिले बिहीबार मितेरी वचत तथा ऋण सहकारी संस्था, ललितपुरका अध्यक्ष ८१ बर्षीय कुम्मराज गुरूङ, आर्जन वचत तथा ऋण सहकारी संस्था सामाखुशीका अध्यक्ष दलबहादुर आले, सोसाइटल वचत तथा ऋण सहकारी संस्था मोरङका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डे, लालीगुराँस वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनबहादुर तामाङ र हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेललाई बोलाएर सोधपुछ गरेको हो ।

    बिहान ११ बजेबाट सुरु भएको बैठक राति १० बजेसम्म बसेको थियो । बैठकमा आलेलाई केन्द्रीय कारागार र पाण्डेलाई मोरङबाट बोलाएर सोधपुछ गरिएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका छन् । यसअघि समितिले दजनौँ व्यक्तिसँग बयान लिइसकेको छ । समितिको म्याद भदौ १५ गतेसम्म रहेको छ ।

     

    श्रोत:रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend