Logo

बुधवार, कार्तिक १२ गते २०८३

उपभोक्ता अदालतको अध्यक्ष र एक सदस्य सिफारिस

उपभोक्ता अदालतको अध्यक्ष र एक सदस्य सिफारिस

  • समाचार
  • कार्तिक ११, २०८१ आइतवार २२:०२ बजे
  • 991
    SHARES
  • काठमाडौँ । न्याय परिषद्ले उपभोक्ता अदालतको एक अध्यक्ष र सदस्य सिफारिस गरेको छ । परिषद्ले अध्यक्षमा जिल्ला न्यायाधीश र न्याय सेवा आयोगका तर्फबाट एक सदस्य सिफारिस गरेको हो ।

    अध्यक्षसहित दुई सदस्य हुनेमा आइतबार न्याय परिषद्ले अध्यक्ष र सदस्य सिफारिस गरेको छ । परिषद्ले अध्यक्षमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा न्याय सेवा आयोगका गेहेन्द्रराज रेग्मीलाई तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्ले प्रशासन क्षेत्रबाट एक जना सदस्य तोक्ने छ । परिषद् र आयोगले गरेको सिफारिस मन्त्रिपरिषद्ले अनुमोदन गर्ने छ । त्यसपछि सर्वोच्च अदालत प्रशासनले स्रेस्तादार तोक्ने छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend