Logo

बुधवार, कार्तिक १२ गते २०८३

रवि निलम्बनको पत्र संसद् सचिवालयमा पुग्यो

रवि निलम्बनको पत्र संसद् सचिवालयमा पुग्यो

  • समाचार
  • पौष ७, २०८१ आइतवार २२:५० बजे
  • 493
    SHARES
  • रवि निलम्बनको पत्र संसद् सचिवालयमा पुग्यो

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेको निलम्बनको पत्र संसद् सचिवालयमा पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संघीय संसद् सचिवालयमा आइतबार आइपुगेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । लामिछानेको निलम्बनबारे सोमबार प्रक्रिया अघि बढ्ने उनले बताए ।

    सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै प्रहरीले निलम्बनको माग गरेको हो ।

    लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरेर जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

     

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend