Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेताहरूलाई कारबाहीपछि शंकर पोखरेलले एआईको सहायता लिँदै लेखे यस्तो

नेताहरूलाई कारबाहीपछि शंकर पोखरेलले एआईको सहायता लिँदै लेखे यस्तो

  • समाचार
  • पौष १०, २०८१ बुधवार २१:४२ बजे
  • 595
    SHARES
  • काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा अनुशासनको महत्त्व अत्यन्तै उच्च रहने बताएका छन् । बुधबार पार्टीका नेताहरूलाई कारबाहीपछि एआईको सहायता लिँदै उनले संगठनको सफलता र स्थिरता अनुशासनमा आधारित हुने बताएका हुन् ।

     

    बुधबार बसेको एमाले सचिवालय बैठकले भीम रावलको संगठित सदस्यता खोसेको छ । यस्तै एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको जिम्मेवारी ६ महिनाका लागि खोसेको छ ।

     

    त्यसपछि पोखरेलले लेखेका छन्, ‘अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श र लक्ष्यअनुसार सञ्चालन गर्न प्रेरित गर्छ ।’ उनका अनुसार पार्टीमा अनुशासनका मुख्य ६ महत्त्व रहेका छन् ।

     

    पोखरेलले अनुशासनको अभावले पार्टीभित्र द्वन्द्व, अविश्वास र विघटनको अवस्था निम्त्याउन सक्ने बताए । त्यसैले, कुनै पनि पार्टीको दीर्घकालीन सफलता र स्थायित्वका लागि अनुशासन अत्यावश्यक रहेको उनको भनाइ छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend