Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्री ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखे : माधव नेपाल

प्रधानमन्त्री ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखे : माधव नेपाल

  • समाचार
  • पौष २६, २०८१ शुक्रवार २१:१६ बजे
  • 658
    SHARES
  • प्रधानमन्त्री ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखे : माधव नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

     

    अध्यक्ष नेपालले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हटेको भन्नेकुरा सुनेको भन्दै जनताको सुविधाहरूमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले ०८७ सम्म चुनाव नै नगरी बस्ने चाहना राखेको हुनसक्ने बताए । उनले संसद् भंग गरेर ठेलेको ठेल्यै गरी ०८७ सम्म सरकारमा बस्ने चाहना गरेको हुनसक्ने बताए ।

     

    उनले भने, ‘समाजवादी मोर्चालाई कसरी फेरि पुनःजागृत गर्ने, पुनः क्रियाशील बनाउने भन्ने विषयमा नै केन्द्रित थियो । यसका लागि हामीले माघ २ गते समाजवादी मोर्चामा भएका ४ घटकहरू, नेकपा (एकीकृत समाजवादी), माओवादी, विप्लवको पार्टी र महिन्द्र राय यादवजीको नेपाल समाजवादी पार्टीसँग सल्लाह गर्छौं । समाजवादी मोर्चालाई हामीले क्रियाशील बनाउँछौँ ।’

     

    अध्यक्ष नेपालले अध्यक्ष प्रचण्डसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउनेबारेमा छलफल भएको बताए ।

     

    🏨


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend