Logo

मंगलवार, कार्तिक ११ गते २०८३

शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री रमेश लेखक

शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री रमेश लेखक

  • समाचार
  • फाल्गुण १६, २०८१ शुक्रवार २१:५३ बजे
  • 811
    SHARES
  • शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौं : गृहमन्त्री रमेश लेखक

    काठमाडौं, फागुन १६ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौं महाधिवेशनमा गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताएका छन् ।

    IMG-20250228-WA0066.jpg

    गृहमन्त्री लेखकले शिक्षा विधेयक संघीय संसदमा रहेको उल्लेख गर्दै सरकारको प्राथमिकताका साथ शिक्षा विधेयकलाई कानुनी र नीतिगत सुधार गरि संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरूलाई आवश्यक कानुन नीति, निर्माण गरेर संविधानका व्यवस्थाहरूलाई जनतासम्म पुर्‍याउने काममा सरकार लागिरहेको बताए ।

    IMG-20250228-WA0063.jpg

    गृहमन्त्री लेखकले संघीय संसदमा विधायनको काम ढिलो भएकाले निश्चित सीमा अवधिभित्र विधायनको कामलाई सक्नैपर्ने व्यवस्था गरेर कानुन निर्माण गर्ने काममा सरकार लागिरहेको उल्लेख गरे । उनले शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी रहेको भन्दै विद्यार्थी र अभिभावकको सर्वोत्तम हितलाई केन्द्रमा राखेर शिक्षकका हित, विद्यालयका कर्मचारीका हित, निजी र आवासीय विद्यालयका हित, सामुदायिक र सार्वजनिक विद्यालयका हितहरूलाई केन्द्रीय भागमा राखेर विधेयक पारित हुने बताए ।

    IMG-20250228-WA0066.jpg

    महाधिवेशनका संयोजक सुवास न्यौपानेका अनुसार देशभरका निजी विद्यालयका प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्। उनले महाधिवेशन भोलिसम्म जारी रहने जानकारी दिँदै शिक्षा क्षेत्रमा देखिएका विविध चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल हुने बताए।

    IMG-20250228-WA0067.jpg

    संयोजक न्यौपानेका अनुसार निजी विद्यालयहरूको भविष्य, सरकारी नीतिहरू, कानुनी सुधार तथा विद्यालय सञ्चालन तथा शिक्षक तथा कर्मचारी व्यवस्थापन मापदण्ड, शिक्षामा गुणस्तर वृद्धि, कानुनी समस्या, कर नीति र विद्यालय सञ्चालनमा आउने अवरोधहरूको समाधान र नयाँ नेतृत्व चयन बिषयमा महाधिवेशनमा छलफल हुने बताए।

    IMG-20250228-WA0068.jpg

    महाधिवेशनमा विभिन्न शिक्षा विज्ञ, नीति निर्माताहरू, निजी विद्यालयका सञ्चालकहरू, अभिभावक प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

    IMG-20250228-WA0065.jpg

    नेशनल प्याब्सनले निजी विद्यालयहरूको हकहित संरक्षण गर्दै आएको र निजी क्षेत्रको शिक्षा प्रणालीलाई थप व्यवस्थित, गुणस्तरीय र सबैका लागि सहज बनाउन संघसंस्थाबीच समन्वय आवश्यक रहेको भनाई महाधिवेशनमा उपस्थित बिभिन्न प्रतिनिधिहरू थियो।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend