Logo

बुधवार, कार्तिक १२ गते २०८३

शिक्षकपछि डाक्टरहरुले पनि थाले आन्दोलन, १२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा

शिक्षकपछि डाक्टरहरुले पनि थाले आन्दोलन, १२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा

  • समाचार
  • बैशाख १०, २०८२ बुधवार २३:३३ बजे
  • 589
    SHARES
  • काठमाडौँ । नेपाल चिकित्सक संघले २४ घण्टाभित्र माग सम्बोधन नभए स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा गरेको छ ।

    बुधबार एक विज्ञप्ति जारी गर्दै संघले चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकको निर्णय कार्यान्वयन र शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानहरुमा एकै पटक म्याचिङ प्रक्रिया गरिनुपर्ने लगायतका माग सहित २८ दिनदेखि चिकित्सकहरु सडडक आन्दोलनमा छन् ।

    तर,सरकारले हालसम्म पनि माग सम्बोधनका लागि तदारुकता नदेखाएपछि संघले २४ घण्टाभित्र माग पुरा गर्न भनेको हो । माग पुरा नभए देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघले घोषणा गरेको छ ।

    चिकित्सक संघले आत्मसम्मानको आन्दोलनलाई सफल पार्न सम्पूर्णमा आग्रह समेत गरेको छ । चिकित्सक संघले यसअघि पनि माग सम्बोधनका लागि गत चैत्र ३१ मा ७२ घण्टे अल्टिमेटम दिएको थियो । विद्यालय शिक्षा विधेयक जारी गर्न भन्दै शिक्षकहरु पनि गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend