Logo

बुधवार, कार्तिक १२ गते २०८३

पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

  • समाचार
  • बैशाख ११, २०८२ बिहिवार २०:४३ बजे
  • 571
    SHARES
  • काठमाडौँ । एकजना पुरूषमाथि गरिएको कुटपिट तथा दुर्व्यवहारका विषयमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीद्धारा पुरूषमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो भाइरल छ । प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना गत मंसिर २३ गते सुन्धारा आकाशे पुल मुनि भएको हो ।

    काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार ती व्यक्तिमाथि कुटपिट कार्यमा संलग्न चार जना ट्राफिक प्रहरीहरूलाई जिम्मेवारीबाट हटाएको छ ।

    ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानविन तथा अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक एवं प्रवक्ता दिपक गिरीले बताए ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend