Logo

मंगलवार, कार्तिक ११ गते २०८३

अमेरिकाको बोइङ दुर्घटनाबाट जोगियो

अमेरिकाको बोइङ दुर्घटनाबाट जोगियो

  • 895
    SHARES

    एजेन्सी । अमेरिकाको एउटा बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । उडिरेहेको अवस्थामा उक्त विमानको एक इन्जिनमा आगलागी भएको थियो ।

    आगलागीबाट इन्जिनको केही भाग जमिनमा झरेपनि विमान सकुशल रुपले डेनभर विमानस्थलमा फर्किएर अवतरण गरेको छ ।

    चालक दलका १० सदस्यसहित २ सय ३१ यात्रु बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको विमान उडान भरेको केही समयमै दाहिने पट्टीको इन्जिनमा आगलागी भएपछि आपतकालिन् अवस्थामा अवतरण गराइएको थियो ।

    आगो लागेको इन्जिनको केही भाग डेन्भरको एउटा निजी भवन परिसरमा झरेको थियो ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend