Logo

बुधवार, कार्तिक १२ गते २०८३

उत्कृष्ट ६ पालिकामा स्थान बनाउन सफल  भगवतीमाई गाउँपालिकालाई अध्यक्ष प्रचण्डद्वारा सम्मान

उत्कृष्ट ६ पालिकामा स्थान बनाउन सफल  भगवतीमाई गाउँपालिकालाई अध्यक्ष प्रचण्डद्वारा सम्मान

  • समाचार
  • जेठ ६, २०८२ सोमवार २२:४७ बजे
  • 1.1K
    SHARES
  • दैलेख, जेठ ५ गते — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली दैलेखको भगवतीमाई गाउँपालिका, बेस्तडा पुग्दा पालिकाले विशेष स्वागत गर्यो ।

    सो अवसरमा कार्यसम्पादनको आधारमा देशभरका ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ६ पालिकामा स्थान बनाउन सफल भएकोमा माओवादी केन्द्रले गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा र उपाध्यक्ष मिना थापालाई सम्मान गरेको छ । अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुनुहुन्छ भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ।

    त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेम बहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ। सम्मान अध्यक्ष प्रचण्ड ले भएको हो।

    अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्व, र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ। जनस्तरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले अभियानलाई राष्ट्रिय स्वरूप दिएको छ।”

    उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend