Logo

बुधवार, कार्तिक १२ गते २०८३

१५ दिनभित्र रोयल्टी तथा आरटीडीएफको रकम तिर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

१५ दिनभित्र रोयल्टी तथा आरटीडीएफको रकम तिर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

  • समाचार
  • जेठ ९, २०८२ बिहिवार २०:३३ बजे
  • 766
    SHARES
  • काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र रोयल्टी तथा आरटीडीएफको रकम दाखिला गर्न इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाई निर्देशन दिएको छ ।

     

    प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गरिरहेका ती सेवा प्रदायकले नियमानुसार बुझाउनुपर्ने लेखा परीक्षण विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को शुल्क बुझाउन निर्देशन दिएको हो ।

     

    यो विषयमा प्राधिकरणबाट पटक पटक पत्राचार, इमेल तथा सूचना मार्फत जानकारी गराउँदा समेत विवरणसहित बाँकी बक्यौता रकम दाखिला नगरेको भन्दै प्राधिकरणले तोकिएको अवधिभित्र विवरण तथा बक्यौता रकम दाखिला नगरेमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

     

    त्यसरी रकम नतिर्नेमा डिसहोम, क्लासिक टेक, डिसहोम, वाईफाई नेपाल लगायत चर्चित आईएसपी समेत रहेका छन् ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend