Logo

बुधवार, कार्तिक १२ गते २०८३

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्व दिदै आएको छु : अध्यक्ष प्रचण्ड 

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्व दिदै आएको छु : अध्यक्ष प्रचण्ड 

  • समाचार
  • आषाढ १३, २०८२ शुक्रवार २३:१७ बजे
  • 748
    SHARES
  • १३ असार, काठमाडौं —

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथिको पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गर्नु भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा आयोजित छलफलमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघ तथा अन्य सरोकारवाला सहभागी हुनुभयो ।

    कार्यक्रममा अध्यक्ष प्रचण्डले चलचित्र विधेयकलाई निकै महत्वपूर्ण विषय भन्दै राज्यले यसको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले राजनीतिक नेतृत्वले खेल र चलचित्र जस्ता विषयमा ध्यान कम दिने गरेको उल्लेख गर्दै आफूले खेल र चलचित्र क्षेत्रलाई महत्व दिएर अगाडि बढाउन प्रयास गर्दै आएको बताउनुभयो “म प्रधानमन्त्री भएपछिबाट खेल र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्छ भनेर महत्व दिंदै आएको छु ,” उहाँले भन्नुभयो।

    चलचित्र क्षेत्रलाई मनोरञ्जनको मात्र विषय नभई समाज रूपान्तरणको साधनको रूपमा पनि लिनुपर्ने उहाँको धारणा थियो। “कतिपय चलचित्रले समाजमा सोच र विचारमै परिवर्तन ल्याएका छन्। चलचित्र कालजयी पनि हुन्छन्,” भन्दै प्रचण्डले सामाजिक घटनाक्रम चलचित्रमा सचित्र देखिनु आवश्यक रहेको उल्लेख गर्नुभयो।

    उहाँले बिधयेकका लागि चलचित्र क्षेत्रमा कार्यरत व्यक्तिहरूका सुझावलाई महत्वपूर्ण हुने , “तपाईंहरूको सुझावलाई ग्रहण गर्नुपर्छ। यसले विधेयकलाई सशक्त बनाउँछ,” भन्नुभयो।

    शिक्षा विधेयकबारे समेत चर्चा गर्दै अध्यक्ष प्रचण्डले संविधानको भावना अनुसार सुधार र समावेशीताको पक्षमा आफू रहेको बताउनुभयो। “हामी देश र जनतालाई अगाडि लैजानु पर्छ भन्नेमा छौं। तर केही तत्वहरूले यसको विरोधमा छन्,” भन्दै उहाँले अहिले पाइपलाइनमा रहेका विधयेकहरूमा सहमतिको वातावरण बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

    उहाँले चलचित्र विधेयकलाई समावेशी, सशक्त र समाजदर्शी बनाउन सबै पक्षसँग छलफल गरेर आवश्यक संशोधन गर्न सहयोग गर्ने विश्वास दिलाउनुभयो ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend