Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूबिच छलफल

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूबिच छलफल

  • समाचार
  • आषाढ ३०, २०८२ सोमवार २१:३८ बजे
  • 436
    SHARES
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबिच सोमबार छलफल भएको छ ।

    बैठकमा विवादित अडियो प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको विषयमा नेताहरुबिच छलफल हुने बताइएकाे छ ।

    मन्त्री गुप्ताले राजीनामा दिनुपर्ने या प्रधानमन्त्रीले बर्खास्ती गर्नुपर्ने आवाज उठेको छ । तर, गुप्ताले हालसम्म न राजीनामा दिएका छैनन् भने प्रधानमन्त्रीले समेत बर्खास्त गरेका छैनन् । कर्मचारीको सरुवामा घुसको डिल गरेको अभियोग गुप्तामाथि छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी छन् ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend