Logo

बुधवार, कार्तिक १२ गते २०८३

सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूबिच छलफल

सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूबिच छलफल

  • समाचार
  • श्रावण १३, २०८२ सोमवार २३:२० बजे
  • 652
    SHARES
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ ।

    माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार जारी छलफलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन सहभागी भएका छन् ।

    एकीकृत समाजवादीबाट नेपालसहित वरिष्ठ नेता डा. बेदुराम भुसाल रहेका छन् । शीर्ष नेताहरूबिच समसामयिक राजनीतिक लगायत विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले बताएको छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend