शैक्षिक सत्र २०८० सुरूसँगै विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन अभियान सञ्चालन हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीनै तहका सरकार तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरेर विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउने बताएको छ ।
नयाँ भर्ना प्रक्रियासमेत अगाडि बढिसकेको छ । तर, शिक्षा क्षेत्रमा देखिएका विभिन्नखाले विकृति भने दिन प्रतिदिन मौलाउँदै गएका छन् । विशेषगरी संस्थागत विद्यालयमा यस्तो समस्या व्याप्त छ । अहिले शुल्क बढाउने विषय, पाठ्यपुस्तक तथा ड्रेस लगायतका विषयमा नीजि विद्यालयहरूको मनपरी बढ्दो छ । उनीहरूमाथि नियमन तथा अनुगमन गर्ने कोही पनि छैन ।
त्यस्तै सरकारी विद्यालयमा समयमै पाठ्यपुस्तक नपुग्ने, गुणस्तरीय शिक्षा नहुने लगायतका विषय बारम्बार दोहोरिने गरेका छन् । अहिले सञ्चारमाध्यमबाट व्यापक रूपमा नीजि विद्यालयभित्रका विकृति तथा विसंगतिबारे समाचार प्रकाशन भइरहेका छन् । तर, तीनै तहका सरकार भने नियमन गर्न सकिरहेका छैनन् ।
२८ चैतमा शिक्षा मन्त्रालयले एक विज्ञप्ति जारी ग¥यो।प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा प्रचलित कानुनको अधिनमा रही तोकिएको विधि र प्रक्रिया पूरा गरी सम्बन्धित स्थानीय तहले स्वीकृत गरिदिएको सीमाभित्र रही तोकिएका शीर्षकमा मात्र शुल्क उठाउनुपर्ने स्मरण गराइयो ।
त्यस्तै नीजि विद्यालयले उठाइरहेका गैरकानुनी शुल्कका विषयमा विभिन्न स्थानीय तहले पनि विज्ञप्ति जारी गरेको देखिन्छ । उनीहरूले त्यस्तो नगर्न भनेर सचेत गराएका छन् । तर, न सम्बन्धित पालिकाबाट अनुगमन गरिएको छ, न कुनै विद्यालयलाई कानुनी दायरमा ल्याउन सकिएको छ ।
प्रदेश सरकार स्थानीय र संघीय सरकारबीचको पुल हो । दुवै सरकारसँग समन्वय तथा सहजकर्ताको काम गर्नुपर्नेमा ‘शिक्षा क्षेत्रमा धेरै समस्या छ । यसको नियमन गर्नका लागि ऐन कानुन चाहिन्छ । तर, संघीय शिक्षा ऐन अहिलेसम्म आउन सकेको छैन । त्यसैले प्रदेशले ऐन ल्याउन सकेको छैन । जसले गर्दा काम गर्न थुप्रै अड्चन छन्,।
संविधानले कक्षा १२ सम्मको शिक्षा स्थानीय तह मातहत राखिदिएको छ । संविधानले नै व्यवस्था गरेपछि संघीय सरकारले हस्तक्षेप गर्ने कुरा पनि भएन । तर, व्यवहारमा भने ठ्याक्कै उल्टो छ ।
शिक्षक, कर्मचारी, सबै संघीय सरकारले उपलब्ध गराउँछ । यतिमात्र नभएर पाठ्यपुस्तक, डे«ेस लगायतको व्यवस्था पनि संघीय सरकारले नै गर्ने हो । संविधानले दिएको अधिकार स्थानीय तहले प्रयोग गर्न सकेका छैनन् । त्यसका लागि आवश्यक पर्ने संघीय शिक्षा ऐन जारी गर्न संघीय सरकार असफल देखिएको छ ।
अहिले नीजि विद्यालयहरूले आफूखुसी शुल्क बढाइरहेका छन् । त्यतिमात्र नभएर पाठ्यपुस्तक र ड्रेससमेत आफूले भनेको पसलबाट मात्र किन्न उर्दी नै जारी गर्दै आएका छन् ।
त्यसका बारेमा पालिकाको शिक्षा शाखामा उजुरीका चाङ छन् । तर, स्थानीय तहबाट त्यसरी अनुगमन तथा कारवाही हुन सकेको छैन ।
यसरी हेर्दा तीनै तहका सरकार एक अर्कालाई देखाउँदै आफ्नो कतव्र्यबाट पन्छिने गरेका छन् । संघीय सरकार सबै अधिकार स्थानीय तहको भन्दै विज्ञप्ति निकाल्ने काम बाहेक केही गर्न सक्दैन । प्रदेश सरकार पनि ऐन नै नभएर काम गर्न सकेनौं भन्दै आएको छ ।
स्थानीय तह भने ऐन पनि भएन, संघीय र प्रदेश सरकारको असहयोगका कारण काम गर्न सकिएन भन्दै आएको छ । एउटा जिल्लामा संघीय र प्रदेश सरकारका आ–आफ्ना संरचना छन् । संघीय सरकारका ७७ वटै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई छन् । ती इकाई कुनै काम नगरी बस्न बाध्य छन् । उनीहरूलाई उचित जिम्मेवारी दिन सकिएको छैन ।
त्यस्तै ७५३ वटै पालिकामा शिक्षा शाखा छन् । कतिपय शिक्षा शाखामा शिक्षा अधिकृत नै छैनन् । शिक्षा शाखामा अन्य कर्मचारीले काम गर्नुपर्ने बाध्यता छ । त्यस्तै प्रदेश सरकारले समेत आफ्ना कार्यालय खोलेका छन् । तर, ती कार्यालयलाई समेत काम गर्न दिइएको छैन । त्यसका लागि कानुनी जटिलताका कारण समस्या आइरहेको प्रदेश सरकारका अधिकारीहरू बताउँछन् ।
तीनै तहका सरकारबीच समन्वय र सहकार्य नहुँदा शिक्षा क्षेत्र सेवाभन्दा पनि व्यापारिकरण भइरहेको छ । नीजि क्षेत्रका विद्यालयभित्र भइरहेका तमाम समस्या समाधान गर्न तीनै तहका सरकार असफल भइसकेका छन् ।
श्रोत, रातोपाटी