शनिवार बागमती नदीमा सफाइका क्रममा अमेरिकी कम्पनीको पेस्तोल फेला परेको हो । बागमती सभ्यता एकीकृत विकास समितिले आयोजना गरेको बागमती नदी सफाइ कार्यक्रमा तिलगंगाको शारदा स्कुल नजिक पेस्तोल फेला परेको सफाइमा संलग्न चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन मधेस प्रदेशका अध्यक्ष विष्णु साहले बताए।
साहका अनुसार पेस्तोल एउटा झोलामा पोको पारेर नदीमा फ्यालिएको र सफाइ गर्ने क्रममा झोलासहितको सो पेस्तोल फेला परेको ले प्रहरीलाई खबर गरिएको थियो । गौशाला प्रहरीले मुचुल्का तयार पारी भेटिएको पेस्तोल लगेको छ । त्यसबारेमा थप छानबिन हुने बताइएको छ ।
श्रोत, रातोपाटी