प्रदेश सञ्चार माध्यमसम्बन्धी ऐन २०७५ को दफा ३१ बमोजिम सापकोटालाई रजिष्ट्रारमा ४ वर्षको कार्यकाल नियुक्त गर्दै आइतबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सापकोटालाई नियुक्ति पत्र हस्तान्तरण गर्दै शपथ ग्रहण गराएका हुन् ।
चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर–४ का सापकोटालाई गत चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
शपथ ग्रहण गर्दै सापकोटाको पहिलो कार्यकाल उल्लेखनीय रहेको बताए । उनका अनुसार पहिलो कार्यकालमा हालसम्म सञ्चार रजिष्ट्रारको कार्यालयबाट ८५० जना पत्रकारले परिचय पत्र लिएका छन् भने १८४ वटा अनलाइन, ९५ वटा रेडियो, ३७ वटा टेलिभिजन रजिष्ट्रारको कार्यालयमा दर्ता भएका छन् ।
पहिलो कार्यकालमा सञ्चार माध्यममा आबद्ध पत्रकार, प्राविधिक जनशक्ति र बजार व्यवस्थापकहरूका लागि क्षमता विकास, पुनर्ताजगी एवम् अभिमुखीकरणका कार्यक्रमहरु गरी ३०० भन्दा बढी पत्रकार, प्राविधिक जनशक्ति र बजार व्यवस्थापकहरु लाभान्वित भएको उनको भनाई छ ।
सञ्चार माध्यमसम्बन्धी आवश्यक नियम, निर्देशिका तयार पार्ने कार्यमा सफलता मिलेको र पहिलो कार्यकालमा सञ्चार तथा पत्रकारितासम्बन्धी ६ वटा पुस्तक रजिष्ट्रारको कार्यालयले प्रकाशन सम्पन्न गरिएको उनले बताए ।
दोस्रो कार्यकालमा रजिष्ट्रारको कार्यक्षेत्र विस्तार भएकोले जिम्मेवारीसँगै पहिलो कार्यकालको अनुभवबाट आगामी दिनमा सञ्चार क्षेत्रको गुणस्तरीय विकासमा काम गर्ने सापकोटाले बताए ।
श्रोत, रातोपाटी