Logo

मंगलवार, कार्तिक ११ गते २०८३

चुनावी सभालाई सम्बोधन गर्न शीर्ष गठबन्धनका नेता बारा जाँदै

चुनावी सभालाई सम्बोधन गर्न शीर्ष गठबन्धनका नेता बारा जाँदै

  • समाचार
  • बैशाख ६, २०८० बुधवार १६:२४ बजे
  • 613
    SHARES
  • चुनावी सभालाई सम्बोधन गर्न  शीर्ष गठबन्धनका  नेता बारा जाँदै

     बारा–२ मा हुने उपनिर्वाचनका लागि तय गरिएको चुनावी सभालाई सम्बोधन गर्न सत्तारुढ दलका शीर्ष नेताहरू बारा जाने भएका छन् ।

     बाराको गढीमाई मन्दिरको प्राङ्गणमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बारा जाने नेपाली कांग्रेस बारा जिल्ला समितिका सभापति राजेश यादवले जानकारी दिए ।

     जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनको तर्फबाट बारा–२ मा उम्मेदवार बनेका छन् र सभालाई उनले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पाँच दलीय गठबन्धन बाराले विज्ञप्ति जारी गरी चुनावी सभामा सहभागी हुनका लागि सबैलाई अपिल गरेको छ । 

     

    श्रोत, रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend