Logo

बुधवार, कार्तिक १२ गते २०८३

स्वास्थ्यकर्मी सम्मानित

स्वास्थ्यकर्मी सम्मानित

  • समाचार
  • भाद्र ३, २०८२ मंगलवार १५:४८ बजे
  • 676
    SHARES
  • स्वास्थ्यकर्मी सम्मानित

    मलेखु (धादिङ), ३ भदौः धादिङको गङ्गाजमुना गाउँपालिकाले स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।

    पहाडको भिरपाखा चिर्दै, असहज बाटो हिँड्दै, औषधि र उपकरणको अभावसँग जुध्दै दुर्गम गाउँका नागरिकको स्वास्थ्य जोगाउन दिनरात खटिएका स्वास्थ्यकर्मीलाई सो गाउँपालिकाले सम्मान गरेको हो ।

    सहज सडक सञ्जाल नपुगेको, अस्पताल टाढा रहेको र आधारभूत सुविधा पनि न्यून रहेको दुर्गम बस्तीमा नै नागरिकलाई उपचार पु¥याउन खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले यस वर्ष विशेष सम्मान गरेको हो ।

    दुर्गम बस्तीमा रहेर नागरिकलाई स्वास्थ्य सेवा पु¥याउन उनीहरूले गरेको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले बताउनुभयो ।

    गङ्गाजमुना गाउँपालिकामा नौ स्वास्थ्य संस्था छन् ।

    सबै स्वास्थ्य संस्थाबाट उत्कृष्ट एक–एक स्वास्थ्यकर्मीलाई सम्मान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिनुभयो ।

    “यो सम्मानले आपसी प्रतिस्पर्धा र जिम्मेवारी पनि बढाउनेछ”, उहाँले भन्नुभयो, “दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउनु सजिलो छैन, तर जब स्थानीय सरकारले हाम्रो कामको मूल्याङ्कन गर्छ, त्यो नै अर्को वर्ष अझ उत्कृष्ट काम गर्ने प्रेरणाको स्रोत बन्छ ।”

    स्थानीय सरकारले गरेका यस्ता पहलले स्वास्थ्यकर्मीको आत्मविश्वास बढाउने, सेवा गुणस्तरीय बन्ने र सर्वसाधारण नागरिकले नै प्रत्यक्ष लाभ पाउने स्वास्थ्यकर्मीको भनाइ छ ।

     

    R.S.S

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend